+

एन्जिलाले ग्रिसको लिग खेल्ने अनुमति पाइन्

२०८१ माघ  ११ गते १८:५२ २०८१ माघ ११ गते १८:५२
एन्जिलाले ग्रिसको लिग खेल्ने अनुमति पाइन्

११ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाएकी छन् ।

गत भदौमा अनुबन्ध भए पनि अञ्जिाला मंसिरमा टोलीसँग जोडिएकी थिइन् । एन्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४-२५ को लागि अनुबन्ध गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

अनुमति प्राप्त गरेसँगै एन्जिलाले शनिबार हुने ओएफआइविरुद्ध खेल्ने सम्भावना छ । ‘शुक्रबार पत्र आएसँगै लिग खेल्न अनुमति पाएको छु’ अन्जिलाले भनिन्, ‘कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा थिएँ । युरोपमा डेब्यु गर्न तयार छु ।’

अञ्जिाल सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौं स्थानमा छ । ओएफआइ समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ ।

एन्जिला पहिलोपटक एसियाभन्दा बाहिरको लिग खेल्दैछिन् । यसअघि एन्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बिताइन् । एन्जिला दुवै टोलीको कप्तान थिइन् ।

विभागीय टोली एपीएफ क्लबमा आबद्ध एन्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन् ।

एन्जिला तुम्बापो सुब्बा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय