११ माघ, काठमाडौं । सनिश श्रेष्ठले इन्जुरी समयमा गरेको एक मात्र गोल मदतमा मच्छिन्द्र एफसी सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली एपीएफलाई १-० ले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल पुगेको हो । सनिशले इन्जुरी समयको नवाैं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । तर अन्तिम समयमा सनिशले दयानन्द सिंहको पासमा गोल गर्दै जित दिलाएका हुन् । सनिश खेलको म्यान अफ दि म्याच घोषित भए ।
निर्धारित समयमा एपीएफले मच्छिन्द्रलाई चुनाैति दिएको थियो । मच्छिन्द्रले अब फाइनल पुग्नका लागि संकटा एफसीसँग खेल्नेछ ।
प्रतिक्रिया 4