+
+

भन्सार दिवसमा रक्तदान र नि:शुल्क आँखा शिविर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते २०:४४

११ माघ, काठमाडौं। ७३औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रक्तदान र नि:शुल्क आँखा शिविर आयोजना गरिएको छ ।

शुक्रबार त्रिभुनव विमानस्थल भन्सार कार्यालयले खुल्ला रक्तदान कार्यक्रममा सयजनाले रक्तदान गरेको भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए ।

कार्यक्रममा नि:शुल्क आँखा शिविर पनि सञ्चालन गरिएको थियो जसमा १६५ जना सर्वसाधारणले नि:शुल्क आँखा परीक्षण गराएका थिए ।

कार्यक्रमको आयोजना त्रिभुवन विमानस्थल भन्सार कार्यालय तथा नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?