
काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका मिलन नेवार दरबारमार्गस्थित मधुशाला गीत गजल एन्ड रेस्ट्रो बारमा शनिबार गुञ्जिने भएका छन् ।
स्थापनाको १५ वर्षको अवसरमा आयोजना हुने समारोहमा यी लोकप्रिय संगीतकर्मीले प्रस्तुति दिने जनाइएको छ । मधुशाला गीत गजलका सञ्चालकले वार्षिकोत्सव विशेष सांगीतिक समारोह हुन लागेको जनाए ।
सञ्चालक जोर्डन राजभण्डारीका अनुसार वार्षिकोत्सव विशेष कन्सर्टका लागि दुई कलाकारले प्रस्तुति दिने तय भएको हो । उनीहरूले विहीबार र शुक्रबार रेस्टुरेन्टकै हाउस ब्यान्डसँग कन्सर्टका लागि अभ्यास गरेका छन् । कार्यक्रममा उनीहरूले एकल र युगल गीतमा प्रस्तुति दिनेछन् ।
राति ९ बजेपछि विशेष सांगीतिक कार्यक्रम प्रस्तुत हुने जनाइएको छ । राजनराज र मिलनले पनि आफ्नो तर्फबाट तयारी पूरा भैसकेको बताए । मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार अधिकांश ग्राहकले यो रेष्टुराँको खाना तथा सेवा विशेष रुचाइरहेकोमा १४औं वार्षिकोत्सव समारोह अझ भव्य तरिकाले आयोजना गर्न लागिएको बताएका छन् ।
समारोहलाई भ्वाइस अफ नेपालका होस्ट समेत रहेका सुशिल नेपालले संचालन गर्नेछन् । हरेक साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म खुल्ला हुने मधुशाला गीत गजलमा बिहान ४ बजेसम्म लाइभ म्युजिकको कार्यक्रम सञ्चालन भैरहेको छ ।
प्रतिक्रिया 4