+

पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम खेल्दै

२०८१ माघ  १२ गते ८:४३ २०८१ माघ १२ गते ८:४३
पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम खेल्दै

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा विहान ९ बजेदेखि खेल सुरू हुनेछ । पीएम कपको साविक विजेता समेत रहेको एपीएफ यस प्रतियोगितामा अपराजित छ ।

समूह चरणमा तीनवटा खेल जित्दा एउटा वर्षाले रद्द भएको थियो भने सुपर फोरमा दुवै खेल जितेको थियो । सुदूरपश्चिमले समूह चरणमा एपीएफसँग हार व्यहोरेको थियो भने सुपर फोरमा त्रिभुवन आर्मीसँग पराजित भएपनि अन्तिम खेलमा बागमतीलाई जित्दै नेटरनरेटमा भाग्यमानी साबित भएको थियो ।

इन्दु बर्माको कप्तानीमा रहेको एपीएफ उपाधिको दाबेदार टोलीको रूपमा छ । सुदूरपश्चिम पहिलोपटक उपाधि जित्न चाहन्छ ।

महिला पीएम कप सकिएपछि अब केही दिनमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला पनि हुँदैछ ।

पीएम कप महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय