+
+

अबको म्याजिक नम्बर भनेको माओवादीलाई बहुमत : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १०:४७

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए ।

‘प्रतिकात्मक भनाइ थियो । हामीसँग ३२ सिट थियो । मैले नबुझेको त होइन । अब हामीलाई पर्याप्त नम्बर चाहियो’, उनले भने, ‘सुशासन दिने हो, स्थिरता र विकास दिने हो भने बहुमत चाहियो । मैले नेपाली जनतालाई यही भन्दै हिँडेको छु ।’

उनले आफू देश दौडाको क्रममा जनता माओवादीतिर फर्केको पाएको बताए । माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको उनको दाबी छ । ‘मोरङ जाँदा ६४ को झल्को देखें मैले, झापामा जाँदा पनि ६४ नै देखें मैले,’ उनले भने,’जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने जनताले महसुस गरेको देख्छु ।’

उनले संसदीय व्यवस्थामा पहिलो र दोस्रो दलले गठबन्धन गर्नु नै अप्राकृतिक भएको बताउँदै त्यस्तो होला भन्ने पनि आफूलाई नलागेको बताए ।

सोही पत्रकार सम्मेलनमा उनले अब माओवादी एक्लै चुनाव लड्ने बताए । अहिलेको लहरले पनि एक्लै लड्न उत्साहित बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?