+

भन्सार दिवसको अवसरमा आयोजित ५ किमी दौडमा सविन प्रथम

२०८१ माघ  १२ गते १२:०४ २०८१ माघ १२ गते १२:०४
भन्सार दिवसको अवसरमा आयोजित ५ किमी दौडमा सविन प्रथम

१२ माघ, काठमाडौं । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौडको उपाधि नेपाली सेनाका सविन कार्कीले जितेका छन् ।

सविन कार्कीले १९.१३ मिनेटमा दुरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । नेपाली सेनाकै धन बहादुर शाही १९.१८ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सशस्त्र प्रहरी बलका मिन बहादुर बस्नेतले २०.२१ मिनेटमा दुरी सकाउँदै तेस्रो स्थान हासिल गरे ।

दौड भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने, हुदै त्रि. वि. भन्सार कार्यालयसम्म पुगेर सकिएको थियो ।

दौडमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवहन तथा गोदाम व्यवस्थापन समिति, लागु औषध ब्यूरो, नेपाल फ्रेट फरवार्डरस एसोसिससन सहित २०० खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा विजयी खेलाडीलाई भोली आइतबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा हुने विशेष समारोहमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने भन्सार एजेन्ट महासंघका केन्द्रिय सदस्य उमेश घिमिरेले जानकारी दिए ।

दौडको विजेताले नगद ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार नगद र मेडल प्राप्त गर्नेछन् ।

त्रिवि भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौ, नेपाल फ्रेट फरवाडरर्स एसोसियसन, नेपाल निर्यात परिषद काठमाण्डौ तथा नेपाल कुरियर सेवासंघको संयुक्त आयोजनामा भएको दौड प्रतियोगिताको उद्घाटन भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले गरेका थिए ।

 

अन्तर्राष्ट्रिय भन्सार दिवस ५ किमी दौड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय