+
एन्फा महिला लिग :

रश्मीको दुई गोलमा पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा

२०८१ माघ  १२ गते १४:३८ २०८१ माघ १२ गते १४:३८
रश्मीको दुई गोलमा पुनरागमन जित निकाल्दै एपीएफ फाइनलमा

१२ माघ, काठमाडौं । रश्मी कुमारी घिसिङले दुई गोल गरेपछि एपीएफले त्रिभुवन आर्मी एफसी विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सुरूमै पछि परेको एपीएफका लागि रश्मीले अन्तिम १५ मिनेटमा दुई गोल गरेपछि एपीएफले क्वालिफायर वानअन्तर्गत विभागीय डर्बीमा आर्मीमाथि सानदार कमब्याक गर्दै जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमा चौधरीले आठौं मिनेटमा गोल गर्दै आर्मीलाई सुरूवाती अग्रता दिलाएकी थिइन् । एक घण्टाभन्दा बढी समयमा आर्मी खेलमा अग्रता बनाउन सफल थियो । तर अन्तिम समयमा सम्हालिन सकेन ।

७८औं मिनेटमा आर्मीकै डिफेन्सको गल्तीमा रश्मीले एपीएफका लागि बराबरी गोल फर्काइन् । त्यसपछि ८७औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाइन् । त्यही गोल निर्णायक बन्दा एपीएफ जित निकाल्दै फाइनल पुगेको हो ।

एपीएफ अब उपाधिबाट एक जित टाढा छ । एपीएफले आगामी बुधबार हुने फाइनलमा क्वालिफायर टु को विजेतासँग खेल्नेछ । पराजित भएपनि आर्मीले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग क्वालिफायर टु खेल्ने अवसर पाउनेछ ।

पुलिसले शुक्रबार इलिमिनेटरमा बागमती युथ क्लबलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

तस्बिर : एन्फा

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय