+

राजन र सन्तोषीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

२०८१ माघ  १२ गते १६:२० २०८१ माघ १२ गते १६:२०
राजन र सन्तोषीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

१२ माघ, काठमाडौं । त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि शनिबार जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।

दुवै खेलाडीको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । राजन र सन्तोष दुवैले नगद १ लाख ५० हजार पुरस्कार ट्रफी प्राप्त गरे ।

पहिलो र तेश्रो संस्करणको उपाधि जितेकी सन्तोषतीले तेस्रो पटक उपाधि जितेकी हुन् । उनी आफू सहभागि भएको तीनवटै संस्करणमा विजेता बनेका हुन् । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए ।

राजननले हाफको म्यारथनको निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरे ।  राजन भन्दा ५ सेकेन्डले पछि रहेको आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसहित दोस्रो धए । १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं भए ।

पुरुषर महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ ३० मिनेट १०.०७ सेकेन्डमा दौड पूरा गर्दे पहिलो भए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोश्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । पहिलोले ५० हजार, दोश्रोले ४० हजार, तेश्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं १० हजार नगद पुरस्कार जिते ।

महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना २३ मिनेट १३ सेकेन्डको समय निकाल्दै पहिलो भइन् । एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय दौड पूरा गरे । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बू पाँचौं भए ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा २१ मिनेट २०.८६ सेकेन्डसहित पहिलो भए । २१ मिनेट २३.२७ सेकेन्डसाथ कृष्णबहादुर परियार दोश्रो तथा २१ मिनेट २५.१४ सेकेन्डसाथ हस्त सुनार तेश्रो बने । सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौं भए ।

व्हिलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए ।

चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । १७ मिनेट ५१.५५ सेकेन्ड समयमा नारायणी भण्डारी दोश्रो तथा १८ मिनेट ००.०५ सेकेन्ड समयमा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाए ।

विजेता खेलाडीहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, राइट टु प्रोटिन हाफ म्याराथनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको सहयोग तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाएका छन् । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । उक्त ८ स्पर्धा बाहेक बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।

राइट टु प्रोटिन रन हाफ म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय