+
+

आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु

कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा प्रहरी जवान विकल बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १५:३१

९ माघ, धनगढी । ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका थिए ।

कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए ।

घटनालगत्तै विष्टलाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीका अनुसार बिहीबार साँझ साढे ८ बजेतिर ड्युटीका रहेकै बेला बिष्टले आफूले बोकिरहेको एसएलआर राइफलबाट आफूमाथि गोली प्रहार गरेका थिए ।

डिएसपी जोशीका अनुसार बिष्ट हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?