१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी एवम् मच्छिन्द्र क्लबका फरवार्ड विमल घर्तीमगरले दशरथ रंगशालामा खेल्न पाउनु आफ्ना लागि विशेष क्षण भएको बताएका छन् ।
शुक्रबार सभापति कप फुटबलमा मच्छिन्द्र क्लबको टोलीबाट खेलेका उनले शनिबार सामाजिक सञ्जालमा यस्तो लेख्दै क्लबप्रति आभार समेत व्यक्त गरेका छन् ।
साथै उनले बाध्यताले विदेशिएको भएपनि यो मैदानमा खेलेर कहिल्यै रहर नपुग्ने समेत बताए ।
उनले लेखेका छन्, ‘मछिन्द्र क्लब ले गरेको माया को लागि कुनै शब्दमा बयान गर्नै सक्दिन ! नेपाल आउँदा सधैं यो मेरो माटो अनि मैदानमा खेल्ने रहरलाई सधैं सार्थक बनाइदिने अनि मेरा शुभचिन्तकहरूसँग जोडाइदिने यस क्लबका सम्पूर्ण अफिसियल एवम् मेरा खेलाडी साथीहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु !! बाध्यता ले बाहिरिए तापनि यो मैदानमा खेल्ने रहर न पहिले पुगेको थियो न कहिले पुग्छ नै !! यो विशेष क्षण मेरो मन अनि मस्तिष्क मा सधै कैद रहिरहने छ !! हार्दिक धन्यवाद मछिन्द्र क्लब परिवार!’
शुक्रबारको खेलमा एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया 4