
१२ माघ, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले सबै कम्युनिष्ट पार्टीहरूबीच आत्मसमीक्षा आवश्यक रहेको बताउका छन् । सबै कम्युनिष्ट पार्टी एकठाउँमा बसेर त्यस्तो समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
एकदेव आलेको ५६औँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मैनालीले यस्तो बताएका हुन् । जनताले नेपालका कम्युनिष्ट पार्टीलाई पटकपटक अवसर दिए पनि धोका मात्र भइरहेको भन्दै उनले कम्युनिष्ट नेताका आचरण र पार्टीले लिइरहेका विचारमाथि आत्मसमीक्षा हुनुपर्ने बताए
मैनालीले वर्तमान सरकार भत्काउन बाह्य शक्तिले चलखेल गरिरहेको आरोप पनि लगाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान सत्तासमीकरण भत्काएर आफूअनुकुलको सरकार बनाउन बाह्यशक्तिको चलखेल चलिरहेको उनको दावी छ । उनले दुई दल मिलिरहेको अवस्थामा ०८४ सम्म यही सरकार रहने र आफूले सोचेजस्तो सरकार बनाउन नपाउने छटपछि बाह्य शक्तिलाई परिरहेको बताए ।
प्रतिक्रिया 4