+

सेन्ट जेभियर्स मिनी म्याराथनमा ८०० भन्दा बढी सहभागी

२०८१ माघ  १२ गते १९:३४ २०८१ माघ १२ गते १९:३४
सेन्ट जेभियर्स मिनी म्याराथनमा ८०० भन्दा बढी सहभागी

१२ माघ, काठमाडौं । काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको आयोजनामा १०औं मिनी म्याराथन सम्पन्न भएको छ ।

‘समावेशीकरणको लागि संघर्ष, परिवर्तनका लागि दौड भन्ने नाराका साथ आयोजित मिनी म्याराथनमा हरेक उमेर समूहका सहित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू गरी ८०० भन्दा धेरै व्यक्तिहरू सहभागी भएका थिए ।

म्याराथनको उद्घाटन गर्दै नेपाली राष्ट्रिय फुटबलर अन्जन विष्टले यो केवल दौड मात्र नभएर हरेक पुस्ताका मानिसहरूलाई एकसाथ ल्याउने र परिवर्तनको संवाहक बन्न प्रेरित गर्ने उल्लेख गरे ।

त्यसैगरी कलाकार अनूप विक्रम शाहीले व्यक्तिगत र सामाजिक स्वास्थ्यको महत्त्वमा जोड दिँदै व्यक्तिहरू स्वस्थ भएमा परिवार, र परिवार स्वस्थ भएमा सिंगो समाज नै स्वस्थ र सुखी हुने कुरा उल्लेख गरे ।

सेन्ट जेभियर्स कलेजले पछिल्लो एक दशकदेखि म्याराथनको आयोजना गर्दै आएको छ । कलेजका प्रिन्सिपल फादर अगस्टिन थोमस एसजेले भने, ‘सेन्ट जेभियर्स म्याराथन थप समावेशी र सम्मानजनक समाज सिर्जना गर्ने दिशामा एक अर्थपूर्ण कदम हो।’

म्याराथन सेन्ट जेभियर्स कलेजबाट सुरू भएर १० किलोमिटरको मार्ग तय गर्दै त्रिपुरेश्वर, रत्नपार्क, लैनचौर र भद्रकाली क्षेत्रमा दौड भएको थियो ।

टिकट बिक्री र प्रायोजनबाट उठेको रकम सीमान्तकृत समुदायका विद्यालयहरूमा पुस्तकालय स्थापना गर्न, शैक्षिक पहुँच प्रवर्द्धन गर्न र सामाजिक समस्याहरूलाई सम्बोधन गर्न खर्च गरिनेछ।

सेन्ट जेभियर्स मिनी म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय