
१२ माघ, गुल्मी । हाइसभित्रै बेहोस भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर– ५ निवासी ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको हो ।
परियार बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु. १ज २५१ नम्बरको हाइसमा सवार उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ७ चोरकाटे भन्ने पुग्दा एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) राजन भुजेलले जानकारी दिए । प्रहरीले हाइस चालक र सहचालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4