+

प्रिमियर लिगमा चेल्सीविरूद्ध सिटीको पुनरागमन जित

२०८१ माघ  १३ गते ७:३४ २०८१ माघ १३ गते ७:३४
प्रिमियर लिगमा चेल्सीविरूद्ध सिटीको पुनरागमन जित

१३ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो ।

१-० ले पछि परेको अवस्थाबाट पुनरागमन जित दिलाउन सिटीका लागि जोस्को भार्डियल, फिल फोडेन र एर्लिङ हालान्डले १-१ गोल गरे । चेल्सीका नोनी माडुएकेले सुरूवाती गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै माडुएकेको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ४२औं मिनेटमा भार्डियलले गोल गरेपछि खेल पहिलो हाफमा बराबरीमा आएको थियो ।

दोस्रो हाफको ६८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा अगाडि ल्याए । ८७औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितपछि सिटी २३ खेलबाट ४१ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पराजित चेल्सी ४० अंकसहित छैटौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय