+

प्रिमियर लिग : लिभरपुल र बर्नमाउथले फराकिलो जित निकाल्दा आर्सनलको कठिन जित

२०८१ माघ  १३ गते ८:०१ २०८१ माघ १३ गते ८:०१
प्रिमियर लिग : लिभरपुल र बर्नमाउथले फराकिलो जित निकाल्दा आर्सनलको कठिन जित

१३ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र बर्नमाउथले फराकिलो जित निकालेका छन् । लिभरपुलले इप्सविच टाउन तथा बर्नमाउथले शीर्ष चारको नोटिङहाम फरेस्टलाई फराकिलो अन्तरले हराएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले इप्सविचलाई ४-१ को अन्तरले हरायो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे भने मोहमद सालाह र डोमिनिक सोबोस्लाईले १-१ गोल गरे । इप्सविचका लागि खेलको अन्तिममा जाकोब ग्रिभ्सले सान्त्वना गोल फर्काए ।

जितपछि अन्यभन्दा एक खेल कम खेलेको लिभरपुलले २२ खेलबाट ५३ अंक जोडेर ६ अंकको अग्रता कायम राखेको छ । पराजित इप्सविच १६ अंकसहित १८औं स्थानमा छ ।

अर्को खेलमा बर्नमाउथले शीर्ष चारको नोटिङहामलाई ५-० गोलअन्तरले हराएको हो । बर्नमाउथको जितमा डांगो आउताराले ह्‍याट्रिक गर्दा जस्टिन कुलिभर्ट र एन्टोन सेमेन्योले १-१ गोल गरे । जितपछि बर्नमाउथ २३ खेलबाट ४० अंक सहित बर्नमाउथ सातौं स्थानमा छ भने नोटिङहाम ४४ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष चारको अर्को टोली आर्सनलले पनि कठिन जितसहित दोस्रो स्थानमा यथावत् रहेको छ । १० खेलाडीमा सीमित आर्सनलले सोही अवस्थाको वुल्भ्सलाई १-० ले हराएर महत्वपूर्ण ३ अंक जोडेको हो ।

आर्सनलका लागि रिचर्ड कालाफिओरीले ७४औं मिनेटमा एक मात्र गोल गरे । खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेल अन्त्य गरेका थिए ।

आर्सनलका लेविस स्केलीले पहिलो हाफ र व्ल्भसका जोए गोमेजले दोस्रो हाफमा रातो कार्ड पाएका थिए । जितपछि आर्सनलले २३ खेलबाट ४७ अंक जोड्दै दोस्रो स्थानमा कायमै रहँदा वुल्भ्स १६ अंकसहित १७औं स्थानमा छ ।

अर्को खेलमा साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको न्युकासल युनाइटेड पनि ४१ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । सिटी समान अंक भएपनि गोल अन्तरमा न्युकासल पछि छ । त्यस्तै एभर्टनले ब्राइटनलाई १-० गोलअन्तरले हरायो ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय