+

सभापति कपमा आज एनआरटी र फ्रेन्ड्स भिड्दै

२०८१ माघ  १३ गते ८:४५ २०८१ माघ १३ गते ८:४५
सभापति कपमा आज एनआरटी र फ्रेन्ड्स भिड्दै

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब आमने सामने हुने छन् । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा हुने छ ।

अहिलेसम्म सेमिफाइनलमा संकटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मंगलबार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्ने छ । सोमबार फाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्र आमने सामने हुने छन् ।

सर्वाधिक पुरस्कार राशिको नेपाली कांग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ । यसैगरी उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ ।

प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय