
१३ माघ, काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन बन्द हुने भएको छ ।
आज आइतबार बैंकिङ समयपश्चात आवेदन लिने कार्य बन्द हुने बिक्री प्रवन्धक कुमारी क्यापिटलले एक विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीले कुल १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेकोमा शनिबार साँझसम्म ६ लाख ४७ हजार बढी कित्ताका लागि आवेदन परेको छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा लगानीवापत वार्षिक ९ प्रतिशत ब्याज पाइन्छ ।
हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका बेला ९ प्रतिशत ब्याज पाइने ऋणपत्र लगानीकर्ताका लागि आकर्षित देखिएको छ । ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुन्छ । न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4