+

हेटौंडामा आजदेखि राष्ट्रिय बुद्धिचाल सुरु हुँदै

२०८१ माघ  १३ गते ९:१४ २०८१ माघ १३ गते ९:१४
हेटौंडामा आजदेखि राष्ट्रिय बुद्धिचाल सुरु हुँदै

१३ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आजदेखि हेटौंडामा सुरू हुँदैछ।

माघ १३ देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । प्रतियोगिताका खेलहरु मकवानपुरको हेटौंडास्थित होटल सामनामा हुने प्रतियोगिता संयोजक तथा संघका महासचिव धरम बहादुर लामाले बताए ।

प्रतियोगितामा दुवै विधातर्फ पूर्वनिर्धारित फर्म्याटअनुसार सिनियर नेशनल च्याम्पियनका शीर्ष ३ खेलाडी र नेशनल बी बाट छनोट भएका उत्कृष्ट ९ खेलाडीबीच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ ।

जसमा पुरूषतर्फ नेपाल च्याम्पियन राजन सुवेदी, दोस्रो शुश्रुत दाहाल र तेस्रो क्षितिज भण्डारी सहित नेशनल बी बाटट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन्।

यसैगरी महिलातर्फ नेशनल वुमन्समा शीर्ष तिनमा रहेका सिन्दिरा जोशी, कृतिसारा अधिकारीसहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, सुशिला गुरुङ, पुनम प्रसाईं, एञ्जल महर्जन, निहाना श्रेष्ठ र नायुमा मगरबिच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सोराज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहनेछ ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च २४ लाख ५० हजार हुने संघले जनाएको छ । बाग्मती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा प्रतियोगिता सम्पन्न गर्ने महासंघले जनाएको छ ।

राष्ट्रिय प्रतियोगिताको विजेता खेलाडीलाई आगामी मे १० देखि १९ सम्म श्रीलंकामा हुने एशियन जोनल च्याम्पियनसिप, दुबईमा हुने एशिययन कन्टिनेन्टल र २०२६ मा उज्वेकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले आयोजना गर्ने आधिकारिक प्रतियोगिताहरु अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बरसम्ममा सम्पन्न गर्ने जानकारी दिए ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय