+
+

धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १०:३५

१३ माघ, काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?