+
+

सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्दै सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते ९:१९

१३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा सक्रियता बढाएका छन् । यस अन्तर्गत उनले आइतबार सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्दैछन् ।

उनले बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्दैछन् । दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

आइतबार सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्न लागेका सभामुख घिमिरेले सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

संसदको हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?