+
+

विद्यालयमा खानेपानी महसुल छुट गर्न शिक्षा र खानेपानी मन्त्रालय सहमत, मोडालिटी बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते २२:००

१३ माघ, काठमाडौं । सामुदायिक विद्यालयमा खानेपानीको महसुल छुट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयले गृहकार्य थालेका छन् ।

शिक्षा मन्त्री विद्या भट्टराई र खानेपानी मन्त्री प्रदीप यादावबीच विद्यालयमा खानेपानीको महसुल छुट गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको हो ।

विद्यालयमा उपलब्ध हुने खानेपानी सुविधाको दीर्घकालीन व्यवस्थापनको मोडालिटी तयार गर्ने सहमति भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

‘कार्ययोजना तथा समन्वय गर्नका लागि दुबै मन्त्रालयको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने र उक्त कार्यदलले तयार गरेको प्रतिवेदन अनुसार कार्यक्रमहरू तय गरिने सहमति भएको छ,’ शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?