+
+

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते ११:४६

१३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकमा माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

आइतबार र सोमबार सत्तापक्ष र प्रतिपक्षका सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्न लागेका सभामुख घिमिरेले सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?