+
+

कांग्रेसले स्टार्टअप र साना मझौला उद्यमशीलता प्रदर्शनी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १२:०९

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले उद्यमशीतलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्टार्ट अप र साना तथा मझौला सम्मेलन आयोजना गर्ने भएको छ ।

माघ १६ र १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने प्रदर्शनीले उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ ।

८० भन्दा बढी स्टार्टअप र एसएमईहरूको प्रदर्शनी हुने कांग्रेसले जनाएको छ । प्रदर्शनीको अवलोकनबाट नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउन मद्दत पुग्ने उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले जनाएको छ ।

प्रदर्शनीमा ६,००० भन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिकहरु तथा विज्ञहरुको सहभागी हुने विभाग प्रमुख उर्मिला थपलियाले जानकारी गराइएन् ।

दुई दिने कार्यक्रममा स्टार्टअप र एसएमईहरूमा लगानीका अवसर र चुनौतीहरू बारे छलफल हुनेछ । डिजिटल अर्थतन्त्र र आइटी क्षेत्रको विकासका संभावना बारे विमर्श हुने अपेक्षा कांग्रेसले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?