+
+

संसद खुलाउने तयारीका लागि प्रधानमन्त्रीले छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १२:४०

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको हो ।

भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।

त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दैछन् ।

एमाले मुख्य सचेतक बर्तौला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि सभामुखसँगको भेटवार्ता केहीबेर ढिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?