+
+

सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १३:१३

१३ माघ, काठमाडौं । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।

उनले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएकी छन् ।

शुक्रबार दर्ता भएको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने थियो, तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नमिल्ने भएपछि मुद्दा स्थगित भएको छ ।

२० वैशाख, २०८० मा पक्राउ परेका पाण्डे अदालतको आदेशअनुसार थुनामा छन् । उनीविरुद्धको नक्कली शरणार्थी प्रकरणको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?