+
+

लिड हिरोको रुपमा विजय बरालले साइन् गरे ‘जनै हराएको बाहुन’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १५:१२

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’को सर्वकालिन सफलतापछि अभिनेता विजय बरालले नयाँ फिल्म साइन गरेका छन् । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्म ‘जनै हराएको बाहुन’मा उनी अनुबन्धित भएका हुन् ।

‘कथा मन परेर म जोडिएको हुँ’ बरालले अनलाइनखबरसँग भने । यो फिल्मको निर्देशन हिमाल न्यौपाने हुन् । कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

यो फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

निर्मातामा कमल न्यौपाने, आरके. मानन्धर, फिलिप डीसी, सीआर बस्नेत, बिमल न्यौपाने र निशान्त श्रेष्ठ छन् । फिल्ममा नवीन गुरुङ छायाकारका रुपमा छन् भने क्रिएटिभ डिरेक्टरमा सम्राट महर्जन ज्याक छन् ।

असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष रावत हुन् । भीएफएक्स सुपरभाइजरमा मयंक निरौला छन् । यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?