+
+

अभिनेत्री दीया पुनले कसिन् लगनगाँठो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १७:३४

काठमाडौं । अभिनेत्री दीया पुन विवाह बन्धनमा बाँधिएकी छन् । पर्यटन व्यवसायी रुक्मान लामासँग उनले तामाङ परम्पराअनुसार विवाह गरेकी हुन् ।

चितवनको भरतपुरमा विवाह समारोहको आयोजना गरिएको थियो । दीया र रुक्मान दुबैजनाले इन्स्टाग्राममार्फत विवाहको जानकारी दिएका छन् । उनीहरूले विवाहको फोटो र भिडियो पनि सेयर गरेका छन् ।

एउटा फोटोमा मेहेन्दी पोतिएको हात एकअर्कामा बाँधिएको देखिन्छ । रुक्मानले हातमा रुक्मान वेड्स दीया लेखेका छन् । अर्को भिडियोमा तामाङ पहिरनमा सजिएकी दीया र रुक्मानले लामाको पूजाआजा र मन्त्रोच्चारणसँगै विवाह गरेको देखिन्छ ।

दीया र रुक्मानले ३ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । आउँदो फागुन १ गते दीयाले आफ्नो तर्फबाट पोखरामा विवाह पार्टी दिँदैछिन् जहाँ फिल्मकर्मीलाई पनि निम्तो दिइएको छ ।

‘वीर विक्रम’बाट फिल्म अभिनयमा डेब्यु गरेकी दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानीमा अभिनय गरेकी छन् । ‘दयारानी’ गतवर्षको सुपरहिट फिल्म हो । उनी अभिनित ‘एक्लो’ रिलिज तयारीमा छ ।

यसबाहेक, दीया पर्वतारोही पनि हुन् । २०७९ सालको जेठमा उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि उनले मनास्लु पनि चढिन् । सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने उनको योजना छ । यसबाहेक बेलायतमा कार्यरत नर्स पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?