
१३ माघ, काठमाडौं। ७२औ कुष्ठरोग दिवस आज विविधको आयोजना गरी मनाइएको छ ।
‘विश्व कुष्टरोग दिवस भव्यताका साथ सफल पारौं ,एकताबद्ध भइ कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं’ भन्ने नाराका साथ विश्व कुष्टरोग दिवस मनाइएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग तथा अपाङ्गता ब्यवस्थापन शाखाको आयोजनामा रकुष्ठरोग क्षेत्रमा काम गर्ने बिभिन्न साझेदार सस्थाहरुको सहकार्यमा यो दिवस मनाइएको छ ।
कार्यक्रममा डा. रविन्द्र बास्कोटाले प्रस्तुति दिँदै नेपालबाट सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएतापनि नयाँ बिरामीको सङ्ख्या बढ्दै गएको र नेपालका मधेस र लुम्बिनि प्रदेशमा बढि प्रकोप रहेको बताए ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4