+
+

शिक्षा क्षेत्र सुधार्ने विषयमा सेरिडले अनुसन्धान गर्ने

सेरिड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच शिक्षाको सबै विषयमा अनुसन्धान गर्ने सहमति भएको छ । यो सहमतिसँगै सेरिडको शाख फर्किने संकेत देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १९:४७

१३ माघ, काठमाडौं । दलीयकरणको मारमा परेका त्रिभुवन विश्वविद्यालयको शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) फेरि अनुसन्धानको काममा सक्रिय भएको छ ।

सेरिड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच शिक्षाको सबै विषयमा अनुसन्धान गर्ने सहमति भएको छ । यो सहमतिसँगै सेरिडको शाख फर्किने संकेत देखिएको छ ।

‘विद्यालय शिक्षाको गुणस्तरदेखि सबै अनुसन्धानको काम सेरिडसँग सहकार्य गर्ने सहमति भएको छ,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।

सेरिडले अध्ययन अनुसन्धान, नीति तथा योजना निर्माण, पाठ्यक्रम मूल्यांकन, विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण, विद्यालयको कार्यसम्पादन परीक्षण, उच्चस्तरीय सेमिनार, गोष्ठी व्यवस्थापन, विद्यालयस्तरको परीक्षा सञ्चालन व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम लगायतका विषयमा सेरिडले अनुसन्धान गर्ने सहमति भएको छ ।

‘शिक्षा मन्त्रालय अन्तर्गतका सबै अनुसन्धान सेरिडबाट गराउने सहमति भएको हो,’ सेरिडका निर्देशक राजेन्द्र कुँवरले भने ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) राष्ट्रिय स्तरमा शिक्षा क्षेत्रको अध्ययन, अनुसन्धान गरेर नीति परिवर्तनका लागि सुझाव दिन बनाइएको केन्द्र हो ।

केन्द्रबाट अनौपचारिक शिक्षा, प्रारम्भिक बालविकास, बहुभाषिक शिक्षा, शिक्षण विधिलगायतका विषयमा अनुसन्धानका काम भएका थिए । सुरुवाती चरणमा तत्कालीन सरकारहरूले पनि शिक्षाका विषयमा सेरिडको सुझावका आधारमा शिक्षा नीतिहरू बनाउँथे ।

२०४६ सालपछि दलीय हस्तक्षेपसँगै निजी अनुसन्धान केन्द्रहरू हाबी हुँदा त्रिविको अनुसन्धान केन्द्र सेरिडले सरकारबाटै अनुसन्धानको काम पाउन मुस्किल थियो ।

अहिले फेरि शिक्षा मन्त्रालयले सहकार्य गर्ने सम्झौता गरेपछि सेरिड उत्साहित भएको छ । ‘शिक्षा मन्त्रालयसँग सहमति भएपछि  सकारात्मक सन्देश दिएको छ,’ निर्देशक कुँवरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?