+

जय नेपाल कप टी-२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

२०८१ माघ  १३ गते २०:३२ २०८१ माघ १३ गते २०:३२
जय नेपाल कप टी-२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

१३ माघ, काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

आइतबार विहान भएको समूह ए को खेलमा भारतको बाबासाहेब भीम राव अम्बेडकर बिहार विश्वविद्यालयलाई हराउँदै बंगलादेशको ढाका विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहारले दिएको १२८ रनको लक्ष्य ढाकाले १७औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । महफिजुल इस्लामले अविजित ७५ रन बनाए । मोहमम्द आशिकुरले ३४ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बिहारले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । विशाल राजले सर्वाधिक ४२ रन बनाएका थिए । ढाकाका मोहिदुन तारेक र एफ्तिखार होसेनले २-२ विकेट लिए ।

सोही समूहबाट नेपालको त्रिभुवन विश्वविद्यालय पनि सेमिफाइनलमा पुगेको छ । समूह बी बाट नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सोमबारै हुने दुवै सेमिफाइनलमा ढाकाले लखनउ विश्वविद्यालयसँग तथा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयसँग खेल्ने छ। फाइनल खेल मंगलबार हुनेछ।

जय नेपाल कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय