
काठमाडौं । बलिउड डान्सर नोरा फतेही र अमेरिकी डान्सर तथा गायक जेसन डेरुलोको नयाँ गीत ‘स्नेक’ यतिबेला विश्वब्यापी चर्चामा छ । १० दिनअघि युट्युवमा रिलिज भएको यो गीत नेपाल ट्रेन्डिङमा समेत छ ।
आफ्नो डान्सले चर्चित फतेहीलाई पछ्याउनेको संख्या नेपालमा समेत उच्च छ । नोराको उक्त गीतमाथि यतिबेला रिल्स र टिकटक भिडियो बनिरहेका छन् । भिडियो बनाएर नोरा र डेरुलोलाई मेन्सन गर्ने सर्वसाधारणको संख्या उच्च छ । नेपाली अभिनेत्री प्रियंका कार्की र डान्सर कविता नेपालीले पनि नोराको ‘स्नेक’ गीतमाथि रिल्स बनाएका छन् ।
‘स्नेक’ गीतमाथि प्रियंका र कविताको डान्स आकर्षक त देखिन्छ नै । नोराजस्तै अवतार र फिगरमा प्रियंका र कविताले जसरी नृत्य प्रस्तुत गरेका छन्, यसलाई फ्यानले रुचाएका छन् । अनि, त्यसमाथि टाइमलाइनमा दर्शकको ध्यान कसरी तान्ने भन्ने आइडिया प्रियंकालाई राम्रोसँग थाहा छ ।
View this post on Instagram
प्रियंका र कविताले इन्स्टाग्राममार्फत डान्सको भिडियो सेयर गरेका छन् । यसमा प्रियंकाका श्रीमान आयुष्मान जोशी, मेकअप आर्टिस्ट लेमी लगायतले कमेन्ट गरेका छन् । सामाजिक संजाल प्रयोगकर्ताले ‘आगो’ भन्दै डान्सको भिडियोमा कमेन्ट गरेका छन् । कतिपयले नेपाली गीतमा भिडियो बनाएको भए हुने भनेर लेखेका छन् ।
नोराकै गीतमा नोराजस्तै अवतारमा प्रियंका र कविताले नोराको शैलीलाई पछ्याएको देखिन्छ ।
प्रतिक्रिया 4