+
+

यस्तो छ रविसँग १ करोड धरौटी माग्ने रुपन्देही अदालतको आदेश (पूर्णपाठ)

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते २२:३७

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । बैंक ग्यारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।

थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

यस्तो छ आदेश :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?