+

टिप टप इन्डो नेपाल टी-२० : वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुवात

२०८१ माघ  १३ गते २०:४२ २०८१ माघ १३ गते २०:४२
टिप टप इन्डो नेपाल टी-२० : वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुवात

१३ माघ, काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरूवात गरेको छ। डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरू भएको उद्घाटन खेलमा हिमालयनले जित निकालेको हो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स् सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो।

उसका लागि देबास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाए । यता, हिमालयनका लागि सुप्रीम सुनुवारले तीन विकेट लिँदा उद्वव श्रेष्ठले एक विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकीय पारी खेलेका थिए। उनी ७० बलमा १०९ रनमा अविजित रहे। यस्तै अभि थपलियाले ३९ बलमा ४३ रनको योग्दान दिए। यता एक्सिलेन्सका लागि रविन बस्नेतले एक विकेट हात पारे।

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ। प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

टिप टप इन्डो नेपाल टी-२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय