+

राष्ट्रिय बुद्धिचाल सुरु : महिलातर्फ इशा गिरीको उत्कृष्ट प्रदर्शन

२०८१ माघ  १३ गते २१:०७ २०८१ माघ १३ गते २१:०७
राष्ट्रिय बुद्धिचाल सुरु : महिलातर्फ इशा गिरीको उत्कृष्ट प्रदर्शन

१३ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरू भएको छ।

हेटौंडामा सुरू भएको चेस च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गरेका छन्। २४औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन माथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका छन्।

महासंघले केही वर्ष देखि राष्ट्रिय च्याम्पियनसिपको फर्माटमा नेशनल सिनियर च्याम्पियनका शिर्ष तिन जना खेलाडी र नेशनल बी वाट शिर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ। जस अनुसार दुवै विधाका समान १२ जना खेलाडीबीच एकअर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय विजेताको घोषणा हुनेछ ।

आज सम्पन्न पहिलो चरणको स्पर्धामा नै नेपाल द्वितीय सिएम शुश्रुत दहाल भने पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल सँग हार ब्यहोर्न पुगेका छन्। सिम्पल खेल चलिरहँदा एक पाउन डाउन भएपछि खेल रुपेशको पक्षमा गएको थियो।

यस्तै नेपाल तेस्रो एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो र्‍यालि खेलमा निराश पारेका छन्। सुरूमा एउटा पाउन छोडेर खेलेका सिलवालले अन्तिममा समयको दबाब झेल्न पुगेका थिए।

अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भएका छन्। अनुभवी खेलाडी प्रेमकृष्णले धिरेनविरूद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका हुन्।

पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन्। क्रमश: दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरूद्ध उत्कृष्ट खेल खेलेर जित निकाले ।

यसरी पहिलो चरणको खेलवाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्त्वपूर्ण १ अंक जोड्न सफल भएका छन्।

यता महिला तर्फको खेलमा उदीयमान खेलाडी इशा गिरीले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरेर अप्रत्याशित नतिजा निकाल्न सफल बनेका छन्।

बाँकेका इशा गिरीले झापाका पुनम प्रसाईंविरूद्ध बिशोप सेन्ट्रलाइज गर्दै महत्त्वपूर्ण स्क्वायर कभर गरी जित हासिल गर्न सफल बनेकी थिइन् । काठमाडौंका एञ्जेलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई राम्रो चालहरूमार्फत हराइन् ।

त्यसैगरी वर्तमान नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठ माथि सहज जित प्राप्त गरेका छन्। झापाका कृतिसारा अधिकारीले पनि नयुमा मगरलाई सहजै पराजित गरेकी छिन्। ताप्लेजुङका शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई हराएका छन् ।

यससँगै ईशा गिरी, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो सुरूवात गरेका छन्।

प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिताको दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी गराएका छन्।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय