१३ माघ, काठमाडौं । पाँचौ टाइगर कप भलिबल अन्तर्गत पुरूषतर्फको विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफलाई क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको पुरुषतर्फको तेस्रो खेलमा आर्मीले एपीएफलाई ३-० को सेटमा पराजित गरेको हो ।
आर्मीले एपीएफलाई २५-१८, २५-२३, २५-१५ ले पराजित गरेको हो । दोस्रो सेटमा एपीएफले आर्मीलाई टक्कर दिएपनि अन्य सेटमा चुनौती पेश गर्न सकेन ।
जितपछि आर्मीले अब दोस्रो चरणमा विनर ग्रुपमा रहेर खेल्नेछ । जहाँ पहिलो चरणको खेलको ३ विजेता टिमले लिग फर्म्याटमा खेल्नेछ । यसअघि नै भारतको सुनिल कुमार भलिबल क्लब र नेपाल पुलिस क्लबले विनर ग्रुपमा स्थान बनाइसकेको छ । यस ग्रुपको शीर्ष दुईमा रहने टोलीले क्वालिफायर वान खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
यस्तै पराजित एपीएफले अब लुजर ग्रुपमा रहेर खेल्नेछ । यस ग्रुपमा हरेकले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछ भने बाँकी दुई टिम बाहिरिनेछ । लुजर ग्रुपको विजेताले विनर ग्रुपको तेस्रो स्थानमा रहने टिमसँग एलिमिनेटर खेल्नेछ । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी र एपीएफले लुजर ग्रुपमा खेल्नेछ ।
प्रतिक्रिया 4