+
+

सोमबार साँझ सत्तारुढ गठबन्धनको बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते २२:२५
फाइल तस्वीर

१३ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । सोमबार साँझ ५ बजे बैठक बस्नेगरी समय तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।

बैठकमा आगामी १८ गतेबाट बस्ने संसद् बैठकको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

सोमबारका लागि प्रधानमन्त्री ओलीका दुईवटा कार्यक्रम तय भएका छन् । सचिवालयका अनुसार दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिकाको भवन उद्घाटनमा सरिक भएर प्रधानमन्त्री ओली गठबन्धनको बैठकमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?