+
+

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते ७:०६

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आज दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् । त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ ।

केही दिनदेखि कांग्रेसको बैठक निरन्तर चलिरहेको छ । यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए । त्यसका साथै सरकारमा पार्टीको उपस्थिति बलिय बनाउने निर्णय पिन कांग्रेसले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?