+

एन्फा महिला लिग : फाइनल पुग्न आर्मी र पुलिस भिड्दै

२०८१ माघ  १४ गते ७:५४ २०८१ माघ १४ गते ७:५४
एन्फा महिला लिग : फाइनल पुग्न आर्मी र पुलिस भिड्दै

१४ माघ, काठमाडौं । एन्फा महिला लिग फुटबलको क्वालिफायर टु मा आज दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:४५ बजे सुरु हुनेछ ।

आर्मी क्वालिफायर वानमा अर्को विभागीय टोली एपीएफसँग पराजित भएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल पुग्नबाट बन्चित भयो ।

अर्कोतर्फ बागमती युथ क्लबलाई एलिमिनेटरमा पराजित गर्दै पुलिसले क्वालिफायर टु मा स्थान बनाएको हो । सुपर लिगमा आर्मी दोस्रो र पुलिस तेस्रो स्थानमा रहेको थियो ।

महिला लिगको फाइनल खेल बुधबार दशरथ रंगशालमा हुनेछ ।

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय