+

सभापति कप फुटबल : संकटा र मछिन्द्र पहिलो सेमिफाइनलमा खेल्दै

२०८१ माघ  १४ गते ८:०७ २०८१ माघ १४ गते ८:०७
सभापति कप फुटबल : संकटा र मछिन्द्र पहिलो सेमिफाइनलमा खेल्दै

१४ माघ, काठमाडौं । सभापति कप फुटबलको पहिलो सेमिफाइनलमा आज संकटा एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे सुरु हुनेछ ।

संकटाले पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै मछिन्द्रले विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

यस खेलको विजेताले फाइनलमा आयोजकको लोकतान्त्रिक बागमती र एनआरटीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल मंगलबार हुनेछ भने फाइनल बिहीबार हुनेछ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा पहिलो पटक भइसकेको सभापित कप फुटबलको विजेताले नगद २६ लाख प्राप्त गर्नेछ भने उपविजेताले १३ लाख हात पार्नेछ ।

सभापति कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय