+

टाइगर कप भलिबल : एपीएफले न्यु डायमण्डलाई सोझो सेटमा हरायो

२०८१ माघ  १४ गते ११:३७ २०८१ माघ १४ गते ११:३७
टाइगर कप भलिबल : एपीएफले न्यु डायमण्डलाई सोझो सेटमा हरायो

१४ माघ, काठमाडौं । पोखरामा जारी पाँचौ टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफले न्युडायमण्डलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको विनर ग्रुप अन्तर्गतको पहिलो खेलमा एपीएफले डायमण्डलाई ३-० को सेटमा पराजित गर्दै ३ अंक जोडेको हो ।

तीनवटै सेटमा डायमण्डले एपीएफलाई चुनौती दिने प्रयास गरेपनि सफल हुने सकेन । एपीएफ २५-२२, २५-२३, २५-२१ ले विजयी भएको हो ।

यसअघि एपीएफले पहिलो चरणको खेलमा ट्राभल इन्क्वारी युनाइटेडलाई पराजित गरेको थियो । न्यु डायमण्डले भने नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

अब विनर ग्रुपमा एपीएफमा आयोजक टाइगर ग्रुप पोखरालाई पराजित गरेमा क्वालिफायर वानमा छनोट हुनेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय