+
+

‘पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १२:०५
समारोहमा विनोद पौडेल (बायाँ), बोर्ड अध्यक्ष दिनेश डीसी र निर्देशक सरोज पौडेल ।

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले यो फिल्मलाई कमाइ खाने भाँडो बनाउन नहुने धारणा राखेका छन् ।

निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् । उनी लेख्छन्, ‘पूर्णबहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं । यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफै भत्काउन हुँदैन लागेर मैले यो फिल्म दोस्रो भाग मा काम गर्दिन ।’

उनले श्रृंखला निर्माणको योजनाप्रति असहमति व्यक्त गरेका छन् । आफूलाई जानकारी नदिइकन, आफूले सिर्जना गरेका पात्र र कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् भन्नेतर्फ सचेत गराउँदै उनले आफूले काम नगरेपनि आवश्यक प्रक्रिया पुरा गरेर अघि बढ्न आग्रह गरेका छन् । सारंगी १ ले स्थापित गरेको गरिमा जोगाउन उनको आग्रह छ । निर्देशक पौडेल यतिबेला ‘कोशेढुंगा’ फिल्म निर्देशनको तयारीमा छन् ।

पौडेलले ‘पूर्णबहादुरको सारंगी’ र ‘रोल नम्बर १’ बनाउने

‘पूर्णबहादुरको सारंगी’को फिल्म निर्मातामध्येका एक पौडेलले आयोजित समारोहमा यसको दोस्रो सिक्वेल र ‘रोल नम्बर १’ बनाउने घोषणा गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले टाइटल अनावरण गरेका थिए ।

उक्त अवसरमा विजय बराल, अन्जना बराइली लगायतका फिल्म कलाकार सहभागि थिए । कलाकार प्रकाश सपुत, फिल्मका अन्य दुई निर्माता प्याट्रिक सुवेदी र रमेश ढकाल, वितरक टि-फोक, सहायक ब्यानर बाँसुरी फिल्म्स र चलचित्र संघका प्रतिनिधि समारोहमा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?