
काठमाडौं । छिमेकी मुलुक भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ । रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुको कथा र व्यथा मात्र होइन मन नै मिलेपछि उनीहरुले घरबाट भागेर एक आपसमा बिहे गरेका छन् ।
इन्स्टाग्रामबाट चिनाजानी भएका कविता र गुन्जाले सोसल मिडियामै कुराकानी हुँदा एक अर्काको कहानी समान भएको पाए। उनीहरु दुवैजना आफ्नो लोग्नेको रक्सीको कुलतका कारण निकै समस्यामा थिए।
एक अर्काबीच आ-आफ्ना कथा व्यथा शेयर गर्दागर्दै उनीहरु नजिकिए । त्यसपछि उनीहरु जँड्याहा लोग्नेहरुलाई छाडेर घरबाट निस्किने र एक आपसमा बिहे गरेर घरजम गर्ने निधोमा पुगे ।
कविता र गुन्जा उर्फ बब्लुको देओरियास्थित छोटी काशी मन्दिरमा बिहे भयो। त्यसक्रममा गुन्जा बेहुलो बनिन् । दुवैले एक अर्कालाई माला लगाइदिए र ५ पटक मन्दिरको परिक्रमा गरी जिवनभर सँगै जिउने कसम खाए ।
मन्दिरका पुजारी उमा शंकर पाण्डेका अुनसार ती दुई महिलाले फूलमाला तथा सिन्दुर किने, विवाहको विधि पूरा गरे र त्यहाँबाट बाहिरिए ।
उनीहरुले अब गोरखपुरमा गएर कोठा भाडामा लिएर बस्ने र दाम्पत्य जिवन सँगै बिताउने निर्णय गरेका छन्। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4