+

साफ महिला उपविजेता फुटबल टोलीलाई गोरखा समाज बेल्जियमको नगद सम्मान

२०८१ माघ  १४ गते १५:२८ २०८१ माघ १४ गते १५:२८
साफ महिला उपविजेता फुटबल टोलीलाई गोरखा समाज बेल्जियमको नगद सम्मान

१४ माघ, काठमाडौं । साफ महिला च्याम्पियनसिप पुटबलको उपविजेता नेपाली महिला राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गरिएको छ । गोरखा समाज बेल्जियमले नेपाली महिला फुटबल टिमलाई नगदसहित सम्मान गरेको हो ।

गोरखा समाज बेल्जियमले नेपाली टोलीका लागि पठाएको २ लाख २२ हजार ३२२ रुपैयाँ नेपालका पूर्व प्रशिक्षक बालगोपाल महर्जनमार्फत मंगलबार टिमलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय टोलीमा रहेका केही खेलाडी महिला लिगमा व्यस्त रहेकोले एपीएफ टिमका खेलाडीहरु मात्र कार्यक्रममा उपस्थित थिए । राष्ट्रिय टिमकी मिलफिल्डर तथा पूर्वकप्तान रेनुका नगरकोटी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङलगायतलाई एकमुष्ट नगद रकम हस्तानतरण गरिएको थियो ।

नेपाली टिमका कप्तान एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी व्यावसयिक फुटबल खेल्न युरोपमा छन् भने रेखा पौडेल दुबईमा लिग खेलिरहेकी छन् ।

त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा बालगोपाल महर्जन, अखिल नेपाल फुटबल संघ एन्फाकी केन्द्रिय सदस्य पेमा डोल्मा, ओलम्पियन संगिना वैद्य, राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुण गुरुङ लगायतको उपस्थिति थियो ।

गत अक्टोबरमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय