+

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते फागुन १६ देखि

२०८१ माघ  १४ गते १५:४२ २०८१ माघ १४ गते १५:४२
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते फागुन १६ देखि

१४ माघ, काठमाडौं । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता अर्को महिना हुने भएको छ ।

प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म सातदोबाटोस्थित नेपाल कराते एकेडेमीमा हुने सोमबार आयोजित मुख्य प्रायोजन सम्झौता सम्बन्धि कार्यक्रममा जानकारी गराइएको छ ।

प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबारै गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले मुख्य प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा महिला र पुरूषमा गरी १७ वटा इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा सातवटै प्रदेशका र ३ विभागीय टिम (सेना, प्रहरी, एपीएफ) गरी २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको सहभागिता रहने आयोजक डोजोका उपाध्यक्ष दयाराम महर्जनले बताए ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला र पुरुषमा एकल र टिम काता विधा पनि समावेश छ ।

प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा गोदावरीबाट २० लाख रुपैयाँ उपलब्ध हुने आयोजकले जनाएको छ । प्रतियोगिताको टिम च्याम्पियनले नगद १ लाख र ट्रफी हात पार्नेछन् भने दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडी पुरुष र महिलाले २५-२५ हजार प्राप्त गर्नेछन् ।

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय