+
+

‘एक्टर : टेक वन’लाई १६० शो, अदालतमा मंगलबार सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १६:३५

काठमाडौं । बुधबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ले सोमबार बेलुकासम्म देशब्यापी १६० हाराहारीमा शो प्राप्त गरेको छ । कतिपय हलले शो खुलाउन बाँकी रहेकाले संख्यामा वृद्धि हुनसक्छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्र देशब्यापी ५६ शो दिएको छ जुन सन्तोषजनक हो । यो फिल्मविरुद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर भएको छ । अदालतले मंगलबारको लागि सुनुवाइ तोकेको छ ।

निवेदकको माग बमोजिम अदालतले आदेश दिएको खण्डमा हलले विक्री भैसकेको टिकट फिर्ता गर्नुपर्ने हुन्छ । यसकारण, कतिपय हल अझैपनि अदालतको आदेशको प्रतीक्षामा छन् । अदालतको आदेश नआउँदै केही हलले टिकट विक्री गरिरहेका छन् ।

यसबीचमा, सोमबार बेलुका निर्माताले प्रिमियर शोको पनि आयोजना गरिरहेका छन् । यस्तोमा, सबैको ध्यान मंगलबार हुने अदालती सुनुवाइतर्फ केन्द्रित छ । ‘एक्टर : टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइराला लगायतको अभिनय छ । राजन भुसाल निर्देशित फिल्ममा खड्काको शीर्ष भूमिका छ ।

अर्को फिल्म ‘एक्टर’का निर्माताले आफ्नो फिल्मको शीर्षकसँग मिल्दोजुल्दो हुँदा आफूले आर्थिक क्षति भोग्नुपरेकाले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?