+

राष्ट्रिय चेस स्पर्धामा रुपेशको एकल अग्रता

२०८१ माघ  १४ गते १८:३८ २०८१ माघ १४ गते १८:३८
राष्ट्रिय चेस स्पर्धामा रुपेशको एकल अग्रता

१४ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा एफएम रुपेश जैसवालले अग्रता कायम गरेका छन्।

योसँगै पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले पूर्ण ३ अंक जोडेर राष्ट्रिय च्याम्पियनको पुन: दाबेदारी पेश गरेका छन्। रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्न सफल भएका छन्।

यसैगरी दोलखाका आशिष फूँयालले पनि अपराजित २.५ अंक बनाउदै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन्। दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसंग बराबरी खेलेका छन्।

स्पर्धामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुवैले समान २-२ अंक प्राप्त गर्दै संयुक्त रूपमा तेस्रो स्थान ओगटेका छन्।

यस्तै झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन्। क्रमश: सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारी १ अंकको खाता खोलेका छन्। विनय थापा भने अंकविहीन छन्।

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता बीवाट ९ जना खेलाडी छनौट गरि १२ जना बिच ११ चरणको राउण्ड रोबिन सिनियर राष्ट्रिय प्रतियोगिता गरेको हो।

यसमा महिला विधातर्फ काठमाडौंका सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन्।

वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेलमाथि जीत दर्ता गरेकी छिन्। एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएकी हुन्।

यस्तै झापाका पुनम प्रसाईं, ताप्लेजुङका शुशिला गुरुङ, मोरङका शान्ति धिमाल, बाँकेका इशा गिरि, झापाका कृतिसारा अधिकारी र काठमाडौंका बिनिता कपाली सबैले समान २-२ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय