+
+

अदालत हाजिर भए उमागौरीका अध्यक्ष, बयान नसकिएपछि लगाइयो प्रहरीको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते २०:५६

१४ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका –४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाका मुख्य आरोपी शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा हाजिर भएका छन् ।

रौनियार सहकारीको अध्यक्ष हुन् ।

सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार रहेका रौनियार सोमबार जिल्ला अदालतमा हाजिर भएका हुन् । आज उनको बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान भइरहेको छ । भालि पनि उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् ।

सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सहकारीको बचत अपचलन मुद्दामा फरार रहेकी सांसद पोखरेल पत्नी अन्जला गत २४ पुसमा अदालतमा उपस्थीत भएकी थिइन् । बयान र थुनछेक बहसपछि सोही दिन अदालतले कोइराला पनि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर उनी छुटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?