+
+

रुस-युक्रेन युद्धमा मारिएका विनोदको कुशको प्रतिमा बनाएर अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते २०:५५

१४ माघ, काठमाडौं । रुस-युक्रेन युद्धका क्रममा मारिएका ओखलढुंगाका विनोदबहादुर सुनारको कुश र जौको पिठोको प्रतिमा बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

युद्धका क्रममा ७५ दिनदेखि सम्पर्कविहीन भएका ३६ वर्षीय विनोद मारिएको खबर आएसँगै सोमबार उनको अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी कार्यरत सेनाको कमान्डरले युद्द्धको क्रममा बागमुत क्षेत्रमा उनको मृत्यु भएको खबर परिवारलाई पठाएका थिए । उनै रुसी सेनाका कमान्डरले दिएको सूचनाको आधारमा विनोदको अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । विनोदका १४ वर्षीय छोरो कृष्णले दागबत्ती दिएका थिए ।

पारवारिक स्रोतका अनुसार विनोदको पारिवारले पाउने सेवा, सुविधा एवम् क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन ती कमान्डरले दिएका छन् ।

ओखलढुंगाको मोलुङ-७ स्थित पात्ले घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-४ मा उनको परिवार बस्दै आएका छन् ।

विनोदको श्रीमती, छोरा र आमा छन् । उनी १७ असोजमा रुस गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?