+
+

कांग्रेस बैठकमा निधि : केन्द्रमा ५ हजार प्रहरी भए पुग्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १८:५०
फाइल तस्वीर

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार मात्रै प्रहरी भए पुग्ने विचार राखेका छन् । संसदीय दलको बैठकमा सोमबार बोल्ने क्रममा नेता निधिले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने धारणा राखे ।

प्रहरीको संख्या हाल शसस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार रहेका छन् । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने विचार राखेका हुन् ।

‘हामीले प्रदेशलाई अधिकार नदिए नत्र प्रदेशको काम के? प्रहरी संघमा पाँच हजार भए पुग्छ । अरु संख्या प्रदेशमा पठाए हुन्छ,’ निधिको बोली उधृत गर्दै बैठकमा सहभागी नेताले भने ।

प्रहरीको हालसम्म समायोजन हुन सकेको छैन । निधिले संविधान संशोधनको प्रस्ताव छिटो संसदमा पेश गर्नुपर्ने विचार राखे ।

आइतबार देखि जारी कांग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ । सोमबारको बैठकमा सांसदहरुले आफ्ना गुनासा, सुझाव मन्त्रीहरु समक्ष राखेका थिए । १८ गते विहान बस्ने बैठकमा मन्त्रीहरूले आफ्ना कार्यबारे बताउने कार्यसूची बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?